मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभेमा २६ वटा अति संवेदनशील र ४९ वटा संवेदनशील मतदान केन्द्र



२९ कात्तिक, काठमान्डौँ । काभ्रेका ३ सय ८९ मध्ये २६ वटा मतदान केन्द्र अति संवेदलशील र ४९ वटा मतदान केन्द्र संवेदनशील रहेकाले त्यही अनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । भौगोलिक विकटता गत निर्वाचनहरुमा भएका घटना तथा गत वशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भएका घटनाहरुको आधारमा संवेदलशील र सामान्य मतदान केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ । ३ लाख १० हजार ६३ मतदाताका लागि जिल्ला निर्वाचन कार्यालयले तयार गरेको मापदण्ड अनुसार ३ हजार १ सय १२ कर्मचारी र १ हजार ५ सय ५६ स्वसेवक परिचालन हुनेछन् । जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार एउटा मतदान केन्द्रमा ८ जना कर्मचारी र ४ जना स्वंवेवक परिचालन हुनेछन् ।

जिल्लामा १ सय ९० स्थानमा ३ सय ८९ वटा मतदान केन्द्र छन् । यस्तै कर्मचारी, सुरक्षाकर्मी र कैदीका लागि ४ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । नेपाल प्रहरी र म्यादी गरेर २८ सय ९३ सुरक्षाकर्मी निर्वाचनमा खटिने जिल्ला प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खटिएका कर्मचारीहरुका विषयमा टिका टिप्पणी धेरै भए पछि निर्वाचन कार्यालयले शंशोधन गरेको छ । संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई निर्वाचनमा खटाउन प्राथमिकता दिइएको र नपुगेमा स्थायी शिक्षकलाई मात्र निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत बनाएको प्र्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीहरुको नामावलीलाई अन्तिम रुप दिँदै जिम्मेवारी बाँडफाँड गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । काभ्रेमा दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : १५ बजे