मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तीन भाग्यमानी



२९ कात्तिक, काठमाडौं । कतारमा २२ औं संस्करणको फिफा विश्वकपमा भाग लिन टिम अहिले कतार पुग्ने क्रम जारी छ ।पहिलो पटक विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले पनि विश्वकपकमा डेब्यु गर्दैछ । कतार विश्वकप कसले जित्ला भन्ने अहिले सबैको चासोको विषय बनेको छ । विश्वकपको इतिहासमा केही यस्ता भाग्यमानीहरु पनि छन् जसले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जितेर इतिहास बनाए । पछिल्लो पटक रुसमा भएको विश्वकप फ्रान्सले जित्दा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्स खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका थिए ।

अहिलेसम्म तीन जनाले दुवै भूमिकामा विश्वकप जितेका छन् । त्यसमा पनि जर्मनीका फ्रान्स बेकनबाउर र फ्रान्सका डिडियर डेसच्याम्प्सले भने खेलाडी हुँदा कप्तानको रुपमा विश्वकप जितेका थिए अनी प्रशिक्षकको रुपमा पनि विश्वकप जिते । ब्राजिलका मारियो जागालो खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने पहिलो व्यक्तिगत हुन् । ब्राजिलले सन् १९५८ र १९६२ मा विश्वकप जित्दा जागालो खेलाडीको भूमिकामा छ ।

उनले पेलेसँग लगातार दुई पटक विश्वकप जिते । त्यसको ८ वर्षपछि ब्राजिलले तेस्रो पटक विश्वकप जित्दा भने जागालो प्रशिक्षकको भूमिकामा थिए । विश्वकपकै उत्कृष्ट खेलाडीमध्ये एक रहेका बेकनबाउरले सन् १९७४ मा खेलाडीको रुपमा विश्वकप जिते । तत्कालीन पश्चिम जर्मनीलाई च्याम्पियन बनाउँदा उनी कप्तान भिए । यस्तै १९९० मा उनले प्रशिक्षकको रुपमा विश्वकप जिते । फ्रान्सका डिडियर डेसच्याम्प्सले सन् १९९८ मा आफ्नो कप्तानीमा फ्रान्सलाई पहिलो पटक विश्वकप जिताए । त्यसको दुई दशकपछि फ्रान्सले रुसमा दोस्रो पटक विश्वकप जित्दा उनै डेसच्याम्प्सल प्रशिक्षकको भूमिकामा थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : ४३ बजे