मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौँडामा गठबन्धनले बाँड्यो रात्रिभोजको निम्तो, प्रशासन भन्छ- मिल्दैन




२९ कार्तिक ,काठमान्डौँ । चुनावलाई लक्षित गर्दै सत्तागठबन्धनले हेटौँडामा रात्रिभोजसहितको कार्यक्रमको आयोजना गरेको छ । गठबन्धननिकट नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुर, नेपाल उद्योग व्यापार महासंघ मकवानपुर तथा राष्ट्रिय व्यापार संगठन मकवानपुरको आयोजनामा बुधबार रात्रिभोज आयोजना गरेको हो ।

कार्यक्रममा कांग्रेसनिकटका अर्थविद् डा। स्वर्णिम वाग्ले तथा गठवन्धनका उम्मेदवारहरू सहभागी हुने आयोजकले बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा सदनमा कार्यक्रम राखिएको छ । कुनैपनि भोज भतेरमा मतदातालाई प्रभावित पार्नेगरी उम्मेदवारहरू उपस्थित हुन नहुने प्रावधानविपरीत गठबन्धनले रात्रिभोजको निम्तो बाँडेको भन्दै आलोचना हुन थालेको छ ।

चुनावको मुखमा उम्मेदवार राखेर रात्रिभोज गर्न नपाइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले नेपाल प्रेसलाई बताए । आफूहरूलाई यो कार्यक्रमको विषयमा जानकारी नभएको भन्दै थप बुझ्ने उनको भनाइ छ । कार्यक्रमको लागि अनुमति पनि नमागिएको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  २ : २० बजे