मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाले एयर इन्डियालाई तोक्यो १४ लाख डलर जरिवाना, तर किन ?



काठमान्डौँ । अमेरिकाले कोभिड–१९ महामारीको समयमा उडान रद्द वा परिवर्तनबाट प्रभावित अमेरिकी यात्रुहरूलाई टिकटको पैसा फिर्ता गर्न ढिलाइ गरेकोमा एयर इन्डियालाई १४ लाख डलरको जरिवाना लगाएको छ ।

अमेरिकी यातायात विभागले सोमबार दिएको जानकारी अनुसार टाटाको स्वामित्वमा रहेको एयर इन्डियाको ६ वटा एयरलाइन्समा समावेश छ जसले यात्रीलाई रिफन्डको रुपमा कुल ६० करोड डलर फिर्ता गर्न निर्देशन दिएको छ । एयर इन्डियालाई पनि १२।१५ करोड डलर फिर्ता गर्न भनिएको छ । अधिकारीहरूका अनुसार एयर इन्डियाका यात्रुहरूको ‘अनुरोधमा फिर्ता’ को प्रावधान अमेरिकी यातायात विभागको नीतिहरू भन्दा फरक छ ।

अमेरिकी सरकारका नियम अनुसार, एयरलाइन्सहरूले उडान रद्द वा परिवर्तनको मामलामा यात्रुहरूको टिकटको पैसा कानुनी रूपमा फिर्ता गर्न आवश्यक छ । विभागीय छानबिनमा एयर इन्डियाले आधाभन्दा बढी रकम फिर्ता आवेदनहरू प्रशोधन गर्न १०० दिनभन्दा बढी समय लिएको पाइयो । रिफन्डमा ढिलाईको यो मामिला टाटा समूहको एयर इन्डियाको अधिग्रहण गर्नु अघिको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  २ : ३७ बजे