मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना पक्राउ



२९ कात्तिक, काठमान्डौँ । महोत्तरीको बलवा ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्रउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री वरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु चढेको ज १ च ११७१ नम्बरको टाटा सुमो पनि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ३ : २४ बजे