मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर, मतदातामात्र नभएर उमेद्धारले समेत आकर्षक उपहार पाउने




२९ कात्तिक,काठमाडौं । नेपालमाअनलाइनमार्फत बस टिकटिङ्ग सेवाप्रदानगर्दै आएको बससेवा डटकमले आगामीआइतबार हुनलागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जानलागेकामतदातालाई लक्षित् गर्दै विशेष अफर सार्बजनिक गरेको छ । अफर अन्तरगतनिर्बाचनमाभागलिनजाने मतदातामध्ये भाग्यशालीतीनजनाले बससेवाको तर्फबाट आकर्षक उपहारप्राप्तगर्नेछन् । साथै तीमतदाताले भोट दिएकातीनजनाउमेद्धारले समेत आकर्षक उपहार प्राप्तगर्नेछन् ।

मतदाताले भोट दिएकाउमेद्धारले निर्बाचनमाविजयीवाहार बेहोरेपनिउपहार प्राप्तहुनेछ । अफरबाट विजयीमतदाताले आफुले मतदिएको उमेद्वारको विषयमा बससेवालाई जानकारी दिएपछि उमेद्धारलाई उक्तउपहार प्राप्तहुनेछ ।मतदाताले सिफारिस गरेको उमेद्धारको विवरण भने गोप्य राखिनेछ । विजेताको चयन बससेवाको अािधकारिक फेशबुक पेजमालाइभमार्फत गोलाप्रथाबाट गरिनेछ । मतदातालक्षित् उपहार योजनाबारे बससेवाकाप्रमुखकार्यकारी अधिकृत पि.आर. खनालले भन्नुभयो,‘ देशको भविष्यसँगजोडिएको प्रतिनिधिसभार प्रदेशसभाको निर्वाचनमामतदाताको बढि भन्दा बढि सहभागीताहोस् भन्ने उदेश्यले हामीले यस्तो अफर सार्बजनिक गरेकाहौँ । अर्कोतर्फ मतदातामतहाल्नजाने तर उमेद्धारले मतदातानचिन्ने अवस्थापनिछ, त्यसैले मतदिएकाउमेद्धारलाई पनिमतदाताको सिफारिसको आधारमाउपहार दिने योजनाबनाएकाहौँ ’ ।

यो योजना कार्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्मलागु हुनेछ । मतदातातथायात्रुलेबसपार्र्ककाअलावाहालैमात्र बससेवाले कलंकीस्थित् ढुंगेअड्डामा सञ्चालनमाल्याएको प्यासेञ्जर लाउञ्जबाट बस चढि सहजै यात्रागर्न सक्नेछन् । बससेवा नेपालको एकमात्रअनलाइन बस टिकट विक्रीगर्ने माध्यमहो । बससेवामाअधिकांशयातायात समितितथाकम्पनी आबद्ध रहेका छन् ।बससेवाबाट नेपालकाअधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् । यात्रुहरुले बससेवाको मोबाईल मार्फत टिकट काटी इसेवा, खल्ती,आइएमईपेलगायतकावालेटका साथै हरेक बैंककामोबाईल र्बैकिङ्गमार्फत समेत टिकट काट्न सकिनेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : २९ बजे