मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि



२९ कार्तिक , काठमान्डौँ । देशभर १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टीजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप २० जना सङ्क्रमणमुक्त पनि बनेका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४९१ पुगेको छ । यही अवधिमा ४१ हजार २४४ ले खोप लगाएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ५१ बजे