मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकपमा मानेले सेनेगलको पहिलो खेल गुमाउने



३० कात्तिक, काठमाडौं । सेनेगलका फरवार्ड साडियो मानेले नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकपमा आफ्नो पहिलो खेल गुमाउने भएका छन् । खुट्टाको चोटका कारण मानेले नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल गुमाउने भएका छन् । सेनेगल फुटबल फेडेरेसनका बोर्ड सदस्य अब्दुलाये सोले माने बिनै पहिलो खेल खेल्नुपर्ने बताएका छन् । सेनेगलले चोटका बावजुत पनि मानेलाई समेट्दै विश्वकप टोली घोषणा गरेको थियो ।

ुहामीले साडियो बिना नै पहिलो खेल खेल्न र साडियो बिना नै जित्नेमा भर पर्नु पर्छ किनभने हामीसँग उनी बाहेक २५ खेलाडीहरू छन्, सोले भने, कसैले यो चाहँदैनथ्यो, तर हामीलाई यस्तो अवस्था आयो । सोले मानेको चोटको गम्भीरताबारे स्पष्ट खुलाएका छैनन् । यस्तै सेगेनल फुटबल संघ र उनको क्लब बायर्न म्युनिखले पनि यसबारे केही सार्वजनिक गरेको छैन ।

यसअघि जर्मन च्याम्पियन्स बायर्नले माने घाइते रहेको बताएको थियो । तर, सेनेगलका प्रशिक्षक अलिउ सिसेले मानेलाई शल्यक्रियाको आवश्यकता नरहेको भन्दै विश्वकप टिममा समावेश गरेका थिए । समूह ‘ए’मा रहेको सेनेगलले नोभेम्बर २२ मा नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ११ : ५२ बजे