मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा आगलागीमा परेर १ जनाको मृत्यु



३० कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै आज (बुधबार) बिहान आगलागी हुँदा १ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा २५ वर्षकी अस्मिता केसी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको थियो । आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् । सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा घरभित्रै रहेकी १४ वर्षकी नित्मा केसीलाई भने सकुशल उद्धार गरी अस्पताल लगिएको र उनी अहिले डिस्चार्जसमेत भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ११ : ५८ बजे