मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरमा उमेश श्रेष्ठको गाडीमा इँट्टा प्रहार




३० कात्तिक, काठमाडौं ।
चितवनको भरतपुरमा चुनाव प्रचार गरिरहेका उमेश श्रेष्ठको गाडीमा इँट्टा प्रहार भएको छ ।

भरतपुर महानगरपालिका–१० स्थित प्रगति पथमा गाडीमा इँट्टा प्रहार गरेर भागेको चितवनका एसपी नवराज अधिकारीले बताए । मोटरसाइकलमा आएका युवाहरूले ईट्टा हानेर भागेका हुन् । श्रेष्ठ चितवन क्षेत्र नम्बर–२ प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

ईट्टा प्रहारबाट बा.३ च २०५० नम्बरको प्राडोमा क्षति पुगेको छ । गाडीबाट ओर्लेर उनी घरदैलो गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ । आक्रमण गर्नेहरूको खोजी भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : २० बजे