मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोल्याण्डमा खसेको मिसाइल युक्रेनले प्रहार गरेको थियोः अमेरिकी अधिकारीको दाबी




काठमाडौं । पोल्याण्डमा खसेको मिसाइल युक्रेनले प्रहार गरेको भन्दै एक रिपोर्टमा जानकारी दिइएको छ ।​ एसोसिएटेड प्रेस एजेन्सीको एक रिपोर्टले तीन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार पोल्याण्डमा खसेको रुसी मिसाइल युक्रेनबाट खसालिएको जनाएको छ ।

यी अधिकारी यो मामिलामा सार्वजनिक रुपमा बोल्नका लागि अधिकृत होइनन्, उनीहरुले आफ्नो पहिचान लुकाउने शर्तमा सो जानकारी दिएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डमा खसेको क्षेप्यास्त्र रुसले प्रक्षेपण गरेको भन्ने खबरमा कुनै सम्भावना नरहेको बताएका थिए । मंगलबार दिउँसो ३:४० बजे पोल्याण्डको भूभागमा ‘रुसी क्षेप्यास्त्र’ खसेको थियो, जसका कारण सेरेवोडो गाउँमा दुई जनाको मृत्यु भएको थियो । पोल्याण्डले क्षेप्यास्त्र कसले प्रक्षेपण गरेको हो भन्ने बारे कुनै ‘निर्णायक प्रमाण’ नभएको बताएको छ ।

यो क्षेप्यास्त्र पक्कै रुसी भएपनि दुबै पक्षले युद्धमा रुसी युद्ध सामग्री प्रयोग गरेका छन् । पोल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता लुकाज जसिनाले पोल्याण्डका लागि रुसी राजदूतलाई घटनाको ‘तत्काल विस्तृत स्पष्टीकरण’ दिन बोलाइएको बताए । सेरेभोडो गाउँ युक्रेन र पोल्याण्डको सिमानामा अवस्थित छ र लिभ शहरको उत्तरमा अवस्थित छ । रुसले आक्रमणको खण्डन गरेको छ र रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘रुसले युक्रेनी–पोलिश राज्य सीमा नजिकका लक्ष्यहरूमा कुनै आक्रमण गरेको छैन ।’

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : ३७ बजे