मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङको सुन्दरहरैँचामा सत्ता गठबन्धनको चुनावी सभा, सम्बोधनका लागि पुगे प्रचण्ड




३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारको लागि दिएको समय एक दिन मात्र बाँकी रहेको अवस्थामा राजनीतिक दलहरुले चुनावी सभालाई तीव्रता दिइरहेका छन् । यसै क्रममा सत्ता गठबन्धनले आज देशका विभिन्न स्थानमा चुनावी सभाको आयोजना गरेको छ ।

मोरङको सुन्दरहरैँचामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ पुगिसकेका छन् । मोरङ ६ को सुन्दरहरैंचा ७ को गछियामा आयोजित चुनावी सभालाई प्रचण्डसँगै काँग्रेस नेता शेखर कोइराला, प्रवक्ता डा प्रकाशशरण महतलगायतले सम्बोधन गर्नेछन् ।

मोरङ ६ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता शेखर कोइराला उम्मेदवार छन् भने प्रदेशबाट माओवादी केन्द्रको तर्फबाट जीवन आचार्य उम्मेदवार रहेका छन् । प्रचण्डले आजै ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : ५३ बजे