मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बानेश्वरको एउटै भवनबाट ४३ बोर्ड महानगरले हटायो



३० कात्तिक, काठमाडौं । काठमाडौं महानगरले धमाधम परिचय पाटी (बोर्ड) हटाउन थालेको छ । महानगर भित्र रहेका अनधिकृत परिचय पाटी हटाउने क्रमको दोस्रो दिन २६० वटा बोर्ड हटाइएको नगर प्रहरी बलले जानकारी दिएको छ । पूर्व क्षेत्रको बानेश्वरमा रहेको एउटै भवन (बानेश्वर प्लाजा) बाट ४३ वटा बोर्ड हटाइएको र यसका लागि दिनभर लागेको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिए ।

मध्य क्षेत्रअन्तर्गत पुतलीसडकबाट ४३ वटा, उत्तर क्षेत्र महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र पश्चिम क्षेत्र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा परिचय पाटी हटाइएको छ । पहिलो दिन पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालिमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाहपथ पुतलीसडकबाट ४८ वटा गरी २७५ वटा सामग्री हटाएको थियो । ३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ । एकभन्दा बढी बोर्ड भए र ३० बर्गफुटभन्दा ठूलो आकारको भए हटाएको छ ।

यसका लागि परिचालन गरिएका हरेक टोलीमा कम्तीमा १५ जना खटिएका छन् । उनीहरुले भ¥याङ, वायर कटर, आइरन कटरलगायतका साधन तथा उपकरण प्रयोग गर्ने गरेका छन् । उनीहरुलाई हेल्मेट, पञ्जालगायत व्यक्तिगत सुरक्षाका साधन महानगरले उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १ : १९ बजे