मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रणाली परिवर्तन गर्ने कुरा हतारिने विषय होइनः ओली




३० कार्तिक , काठमान्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासन प्रणाली परिवर्तन गर्ने विषय हतारिएर गर्ने कुरा नभएको बताएका छन् ।

बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले शासन प्रणाली भन्दा पनि व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताए ।

‘व्यवहार उही, मान्छे उही, प्रवृत्ति र आचरण उही भएपछि जुनसुकै शासन प्रणाली आएपनि हुने केही होइन, त्यो व्यवहारले असर गर्छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले सत्ता गठबन्धन २० वर्षसम्म रहने भन्ने कुरा असम्भव रहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्ने भएकाले खरानीको डल्लोजस्तो हुने टिप्पणी गरे ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  २ : ३९ बजे