मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ हजार नक्कली मतपत्र सहित भारतीय नागरिक पक्राउ



३० कात्तिक, काठमान्डौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारनका ४० वर्षका ईजाजत अहमद छन् । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारतबाट मतपत्र नेपाल ल्याउँदै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका २ दशौतास्थित सडकखण्डमा बिओपी भिखमपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

मोटरसाइकल र मतपत्र नियन्त्रणमा लिइएका उनलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । ‘मतपत्रमा नेपाली कांग्रेस बाहेकको चुनाव चिह्न अंकित छ । तर कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् ? यस बारे केही खुल्न सकेको छैन,’ उनले भने ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : १८ बजे