मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महँगी झनै बढ्दै,सबैभन्दा धेरै महँगी गाडीभाडामा




३० कार्तिक , काठमान्डौँ । चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपालमा महँगी झनै बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार महँगी झनै बढ्दै गएको हो ।

चालू आर्थिक वर्ष २०७९र८० को ३ महिनाको अवधिमा सबैभन्दा धेरै महँगी गाडीभाडातर्फ देखिएको छ । यस क्षेत्र २१र१५ ले महँगी बढेको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसपछि, होटल तथा रेष्टुरेन्टमा महँगी देखिएको छ । होटल तथा रेष्टुरेन्टमा १५.९१ प्रतिशतले महँगी बढेको छ । तथ्यांकअनुसार यस अवधिमा गाडीभाडापछि सबैभन्दा धेरै मूल्यवृद्धि होटल तथा रेष्टुरेन्टको मेन्यूमा भएको छ । यसपछि फलफूलको मूल्य १२.०६ प्रतिशतले बढ्दा मदिराजन्य पेय पदार्थको मूल्य १०.२४ प्रतिशतले बढेको छ । यस्तै, दुग्ध पदार्थ तथा अण्डाको मूल्य ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ८.४४ प्रतिशत छ ।

यस्तै, स्वास्थ्यतर्फको मूल्यवृद्धि १०.५४ प्रतिशत हुँदा फर्निसिङ तथा घरायसी उपकरणहरूको मूल्य ९.४५ प्रतिशतले बढेको छ । यस्तै, शिक्षातर्फको मूल्यवृद्धि ८.११ प्रतिशत र घरायसी वस्तुहरूको मूल्य ७.८६ प्रतिशतले बढेको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यता नेपालको समग्र मुद्रास्फिती ८.५० प्रतिशतले बढेको छ । गत वर्षको यही अवधिमा नेपालको समग्र मुद्रास्फिती ४.२४ प्रतिशतमा सीमित थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : ५८ बजे