मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरीमा लोसपाका प्रदेश सभा उम्मेदवार सन्तोषकुमारको उम्मेदवारी खारेज



३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सुनसरी-४ को प्रदेश सभा २ का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्‍मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ४ : ३७ बजे