मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसुवाबाट डेढ करोड मूल्य बराबरको भन्सार छलीको सामान बरामद



१ मंसिर ,काठमान्डौँ । रसुवाबाट सशस्त्र प्रहरीले करिब डेढ करोड मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीको ‘बिओपी’ टिमुरेबाट खटिएको टोलीले सो सामान बरामद गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । 

भन्सार छलेर सीमा इलाकाको अस्थाई ड्राईपोटमा राखेको अवस्थामा बुधबार इन्स्पेक्टर नारायण गुरुङ नेतृत्वको टोलीले सो सामान बरामद गरेको हो ।

बरामद सामानहरूमा महंगो मदिरा, चुरोट लगायत छन् । सशस्त्र प्रहरी बलले सामानबारे सूचना पाएपछि सर्च अपरेसन चलाएको थियो । बरामद सामान भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  १२ : १२ बजे