मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से १ प्रतिशत माथिले वृद्धि हुँदा करिब १ अर्ब ७२ करोडको कारोबार



१ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार नेप्से २५.५७ अंक ९१.३४ प्रतिशत०ले वृद्धि भएर १९३६.८३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.१४ प्रतिशतले बढेको छ । बिहीबार कारोबार रकम पनि बढेर १ अर्ब ७० करोड भन्दा माथि पुगेको छ । बुधबार ८६ करोडको कारोबार भएको बजारमा बिहीबार ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजारको कारोबार भएको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रथम त्रैमासको आर्थिक सूचकहरु सकारात्मक देखिंदा लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक बनेको छ । जसले गर्दा बजार परिसूचकसँगै कारोबार रकम पनि उकालो लागेको छ । बिहीबार नेप्सेमा रिडी हाइड्रोपावरको सर्वाधिक १४ करोड ३९ लाख १६ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको १३ करोड ४० लाख २७ हजारको कारोबार भएको छ । हिमालयन डिस्टिलरीको १० करोड २९ लाख ६४ हजारको कारोबार भएको छ । बजारमा कुल १८७ कम्पनीको सेयर सेयर कारोबार हुँदा १७२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

जमसध्ये सिक्लेस हाइड्रोपावर सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सयपत्री हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै बोटलर्स नेपाल तराइको सेयर मूल्य ७.५१ प्रतिशतले बढेको छ ।यता खराब वित्तीय विवरणले फर्वाड कम्युनीटि लघुवित्तहको सेयर मूल्य २.९७ प्रतिशतले गिरावट हुँदा इमर्जीङ नेपालको सेयरमूल्य १.८७ प्रतिशत र तारगाउँ रिजेन्सी होटेलको सेयरमूल्य १.६९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ३ : ५५ बजे