मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप खेल्ने पहिलो एसियाली टिमको रोचक तथ्य



१ मंसिर, काठमाडौं । कतारमा आइतबारदेखि फिफा विश्वकप सुरु हुँदैछ । एसियामा विश्व फुटबलको ठूलो मेला आयोजना हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए । त्यसको दुई दशकपछि विश्वकप एसियामा फर्कँदैछ । अझ कतारले त आयोजककै हैसियतले पहिलो पटक विश्वकप खेल्दैछ । त्यसो भए एसियाबाट विश्वकप खेल्ने पहिलो राष्ट्र कुन होला ? धेरैको मनमा प्रश्न उठ्न सक्छ । यसको जवाफ अहिलेका एसियन पावर हाउसहरु जापान, दक्षिण कोरिया, इरान अनि एएफसीको सदस्यता लिएर सहभागिता जनाउन थालेको अष्ट्रेलिया पनि होइन ।

एसियाबाट विश्वकप खेल्ने राष्ट्रको नाम सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, यो सत्य नै हो कि एसियाबाट विश्वकप खेल्ने पहिलो राष्ट्र डच इस्ट इन्डिज हो । जसलाई हाल इन्डोनेसियाको नामबाट चिनिन्छ । युरोपियन राष्ट्र नेदरल्याण्ड्सको उपनिवेशमा रहेकोले त्यसबेला डच इस्ट इन्डिजको नामबाट खेलेको थियो । एक खेल हारेर बाहिरियो सन् १९३० मा उरुग्वेमा पहिलो पटक विश्वकप आयोजना भएको हो । सन् १९३८ मा फ्रान्समा भएको तेस्रो संस्करणको विश्वकपबाट मात्रै एसियन टिमले सहभागिता पाएको हो । एसियाको प्रतिनिधित्व गरेको डच इस्ट इन्डिज पहिलो खेलमा पराजित हुँदै विश्वकपबाट बाहिरियो । सन् १९३८ को विश्वकपमा सिधै नकआउट अर्थात राउण्ड अफ १६ को खेल खेलाइएको थियो । सबै खेल नकआउट फर्म्याटमा थियो । जहाँ डच इस्ट इन्डिजको भेट युरोपियन राष्ट्र हंगेरीसँग भयो । १९३८ जुन ५ मा भएको उक्त खेलमा डच इस्ट इन्डिज ६९० ले पराजित हुँदै पहिलो चरणबाटै घर फर्किएको थियो । अचमद नाविरको कप्तानीमा डच इस्ट इन्डिजले विश्वकप खेलेको थियो ।‘के भयो त्यसले खासै अर्थ राख्दैन, म इन्डोनेसियालाई रक्षा गर्छु,’ डच इस्ट इन्डिजका लागि खेलेका टिजाक पाटिवाएलले धेरै पटक भनेका छन् ।

जुन कुरा उनको छोरा योहानेसले भनेको फिफाले उल्लेख गरेको छ । पाटिवाएलले हंगेरी विरुद्धको सो खेलमा गोलसमेत गरेका थिए तर, अफसाइड हुँदा त्यसले मान्यता पाएन । जापानले नाम फिर्ता लिँदा पाएको अवसर डच इस्ट इन्डिजको विश्वकप सहभागिता अझै रोमाञ्चक छ । त्यतिबेला एसिया क्षेत्रबाट छनोटका लागि डच इस्ट इन्डिज र जापान थिए । समूह १२ अन्तर्गत यी टोलीले छनोट खेल्नुपर्ने थियो । तर, जापानले नाम फिर्ता लिएपछि डच इस्ट इन्डिज सिधै विश्वकपमा छनोट भएको थियो । त्यसबेला चखलाग्दो कुरा के थियो भने डच इस्ट इन्डिजमा पनि दुई वटा फुटबल संघ थियो । एउटा डचको लागि र अर्को स्थानीय खेलाडीहरु भएको । दुवै संघबाट खेलाडीहरु छनोट गर्दै उनीहरु युरो भ्रमणमा निस्केका थिए । धेरै स्थानीय खेलाडीहरूले औपनिवेशिक शासकहरूको लागि खेल्न अस्वीकार गरेपछि यो सहज अनुभवबाट टाढा भए । दोस्रो विश्व युद्धपछि इन्डोनेसिया स्वतन्त्र भयो र १९५४ मा स्थापना भएको एसियन फुटबल महासंघ ९एएफसी० को संस्थापक सदस्य बन्यो । स्वतन्त्र भएपछि इन्डोनेसियाको रुपमा भने अहिलेसम्म विश्वकपमा छनोट हुन सकेको छैन ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ४ : २२ बजे