मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेको आमसभामा दीपाश्रीदेखि किरण केसीसम्म, प्रदीपले दिए पुकारलाई शुभकामना



काठमाडौं । चुनाव प्रचारप्रसारको अन्तिम दिन बिहीबार राजनीतिक दल र उम्मेदवारले देशव्यापी आमसभा गरिरहेका छन् । काठमाडौंदेखि जिल्ला जिल्लामा चुनावी कार्यक्रम हुँदैछन् । दलका आमसभामा कलाकारको समेत सहभागिता देखिएको छ । काठमाडौंको कोटेश्वरमा भएको सत्तारुढ गठबन्धनको आमसभामा शीर्ष नेताहरुसहित पार्टी निकट केही कलाकार पनि सहभागी भएका छन् । केही कलाकारले नाचगान समेत प्रस्तुत गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको नारायणी नदी किनारमा आमसभा गरेको छ । जहाँ कलाकारहरु दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, रचना रिमाल, किरण केसीलगायत सहभागी भएका छन् ।

चितवनतर्फ जाँदै अभिनेता शर्माले लेखेका छन्, ‘परिवर्तनका लागि घण्टी बजाउन हामी चितवन ओर्लिएका छौं । यसपालि भोट युवाहरुलाई ।’ प्रदीप खड्काले दिए पुकार बमलाई शुभकामना ‘प्रेमगीत’ अभिनेता प्रदीप खडका र निर्माता सन्तोष सेनले काठमाडौ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमलाई शुभकामना दिएका छन् । बिहीबार उनीहरुले बमलाई भेटेर पुराना दलहरुमा देखिएको सिन्डिकेट र मिलिभगतले जनतालाई चरम निराशा दिएको बताएका छन् । ‘यो चंगुलबाट निकाल्नका लागि भरपर्दो विकल्प निर्माणमा काम गर्न पुकारजीलाई शुभकामना छ,’ प्रदीपले भने ।

भेटमा खड्काले समाजमा देखिएको भ्रष्टाचार र बेथिति अन्त्यको लागि भूमिका खेल्न सुझाए । निर्माता सेनले कलाकारले समाजमा सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने बताए । उम्मेदवार बमले ‘प्रेमगीत ३’लाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा प्रदीप र सन्तोषको टिमले खेलेको भूमिकाको लागि धन्यवाद दिएका थिए । बमलाई अभिनेता राजेश हमाल, दयाहाङ राई र अभिनेत्री दीपाश्री निरौला लगायतले समर्थन गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ४ : ३७ बजे