मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना मुक्त




१ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५२ जनामा गरिएको नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ४५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ४ : ५९ बजे