मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला




२ मंसिर, काठमाडौं । ललितपुर स्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ । शुक्रबार बिहान भेटिएको उक्त बम नेपाली सेनाको टिमले डिस्पोज गरेको एसपी सुधिर शाहीले जानकारी दिए । ​

निर्वाचन विथोल्ने मनासायका साथ उपत्यकाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु राखिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।​

आजै बिहान काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको थियो । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको हो । 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : ५१ बजे