मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकाका विभिन्न स्थानमा बम फेला



२ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा शंकास्पद बस्तु फेला परेका छन्। ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ।

प्रेसर कुकर बम राखिएको ठाउँ नजिक ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय छ।

त्यस्तै, काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा पनि शङ्कास्पद वस्तु फेला परेका छन्। चुनाव विथोल्ने उदेश्यले कुनै समूहले राखेको आशंका गरिएको छ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १२ : १५ बजे