मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिकेटको बेटिङ गराएको आशंकामा कीर्तिपुर मैदानबाट ५० जना पक्राउ




२ मंसिर, काठमाडौं ।
नेपाल र युएई बीचको एकदिवसीय क्रिकेट सिरिजको बेटिङ गराएको आशंकामा केन्द्रीय अनुसन्धान ब्यूरोले ५० जनालाई पक्राउ गरेको छ । कीर्तिपुर खेल मैदान आसपासमा बसेर बेटिङ गराएको आशंकामा ५० जनालाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले बताए ।

पक्राउ पर्नेहरू अधिकांश भारतिय मुलका छन् । उनीहरुमध्ये धेरैजना बेटिङ गराउनकै लागि भारतबाट आएको आशंका गरिएको छ । मैदान आसपासमा बसेर उनीहरूले विगत ३ दिनदेखि शंकास्पद गतिविधि गरिरहेको ब्यूरोले जनाएको छ ।

शुक्रवार नेपाल र युएई बीचको सिरिज अन्तर्गत अन्तिम खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा चलिरहेको छ । 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १२ : ३१ बजे