मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्यमा सामान्य वृद्धि




२ मंसिर, काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। बिहीबारका तुलनामा सुन तोलामा एक सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

बिहीबार सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य शुक्रवार तोलामा ५ रुपैयाँले घटेको छ।चाँदी प्रतितोला १२ सय ८० रुपैयाँ कायम छ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १२ : ४७ बजे