मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ



२ मंसिर ,काठमान्डौँ । दाङमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बबई गाउँपालिका–१ क्यूरेनी निवासी ४० वर्षीय लालबहादुर बोटे रहेका छन् ।

हथौडा प्रहार गरी ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या गरेको आरोपमा बोटेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मानबहादुर विष्टले जानकारी दिए ।

सामान्य झगडा पछि श्रीमती खुमीको शुक्रबार बिहान ३ बजे हत्या गरेको बयान बोटेले दिएको प्रहरी निरीक्षक विष्टले बताए ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १२ : ५२ बजे