मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यालिब्रेसन उडानका कारण पोखराको नियमित उडान प्रभावित हुने



२ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने क्यालिब्रेसन उडानका कारण पोखराको पुरानो विमानस्थलबाट भइरहेको आन्तरिक उडान प्रभावित हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि सोमबारदेखि क्यालिब्रेसन गर्दैछ । यसका लागि एरोथाई कम्पनीको विशेष जहाज नेपाल आइसकेको छ ।

निर्वाचनको भोलिपल्ट अर्थात ५ मंसिरदेखि १२ मंसिरसम्म विमानस्थलमा यान्त्रिक परीक्षणका लागि विशेष जहाजले कैयौं पटक उडान तथा अवतरण गर्नेछ । सो क्रममा नियमित उडानहरु भने प्रभावित हुनेछन् ।

वायुसेवा कम्पनीहरुले यस अवधिमा उडानमा असर पर्ने भन्दै यात्रुलाई सूचित गराएका छन् । यति एयरलाइन्सले एक सूचना प्रकाशित गर्दै क्यालिब्रेसन उडानका कारण आफ्नो नियमित उडान एक सातासम्म प्रभावित हुने बताएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १२ : ५६ बजे