मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य सूची



२ मंसिर , काठमान्डौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आज कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी ३९० रूपैयाँ, हरियो अङ्गुर​ २९० रूपैयाँ, अदुवा ५५ रूपैयाँ, नेपाली ठूलो गोलभेँडा ५५ रूपैयाँ, अनार प्रतिकेजी ३९० रूपैयाँ रहेको छ ।

अमला ५६ रूपैयाँ ६७ पैसा, आभोकाडो २२५ रूपैयाँ, रातो आलु ५२ रूपैयाँ ५० पैसा, रातो भारतीय आलु ३५ रूपैयाँ, सेतो आलु प्रतिकेजी ४५ रूपैयाँ, भिण्डी ७६ रूपैयाँ ६७ पैसा, स्थानीय काउली ५६ रूपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ । कागती १६ रूपैयाँले घटेर ११० रूपैयाँमा किनबेच भइरहेको छ भने अकबरे खुर्सानी २० रूपैयाँले घटेर १५० रूपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, गान्टे मूला ८६ रूपैयाँ ६७ पैसा, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ४५ रूपैयाँ, राजमा घिउ सिमी ९५ रूपैयाँ, घिरौला ५५ रूपैयाँ, चमसूरको साग २८ रूपैयाँले घटेर १६५ रूपैयाँ, कन्य च्याउ १३४ रूपैयाँ, डल्ले च्याउ ३५८ रूपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, निबुवा ४६ रूपैयाँ ६७ पैसा, लोकल परवर ४५ रूपैयाँ, पालूगो साग १६५ रूपैयाँ, भारतीय सुकेको प्याज ४८ रूपैयाँ २० पैसा र हरियो धनियाँ ११० रूपैयाँ कायम रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १ : २३ बजे