मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलात्कार आरोपमा डिल्लीबजारबाट युवक पक्राउ



२ मंसिर , काठमान्डौँ । बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई पक्राउ गरेको छ । 

२७ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १ : २८ बजे