मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घटनामा घाइते भएका मतदान अधिकृत र सहायक अधिकृतको ठाउँमा नयाँ अधिकृत पठाइए



२ मंसिर, काठमान्डौँ । जुम्लाको ताम्तीस्थित जनजागृति माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी गाडी दुर्घटना घाइते भएपछि कर्मचारी र सुरक्षाकर्मीको अर्को टोली खटाइएको छ ।

नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठलाई निर्वाचन अधिकृत र गंगाप्रसाद पाण्डेलाई सहायक निर्वाचन अधिकृतको जिम्मेवारीसहित नयाँ टोली खटाइएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । सहायक कर्मचारी मुनराज रोकाया र कार्यालय सहयोगी रमेशप्रसाद चौलागाईलाई पठाइको छ ।

यसअघि खटाइका मतदान अधिकृत हरिप्रसाद देवकोटा र सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने मतदान केन्द्र जाँदै गर्दा दुर्घटनामा परेर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायाको नेतृत्वमा केन्द्रमा प्रहरीको नयाँ टोली पनि खटाइएको छ । दुर्घटनामा प्रहरी नायव निरीक्षक सिताराम दराई सहित टोली घाईते भएपछि प्रहरीको टिम पनि फेरिएको हो ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ४ : ०८ बजे