मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूएईका डेब्यूट्यान्ट आयान खान बने शृंखलाकै उत्कृष्ट खेलाडी



२ मंसिर, काठमाडौं । युएईका लाग पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेलेका आयान अफ्जल खान नेपालसँगको एकदिवशीय शृंखलाकै सर्बोत्कृष्ट खेलाडी बनेका छन् । युएई र नेपालबीचको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला नेपालले २–० ले आफ्नो पक्षमा पारेको छ । तर, बलिङ र ब्याटिङमा उत्कृष्ट छाप छाडेका आयानलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिइएको हो । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए ।

शृंखलाअन्तर्गत पहिलो खेलमा आयानले ४ विकेट लिएपछि नेपाल ८४ रनले पराजित भएको थियो । डेब्यू खेलमै उनले १० ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए । शृंखलाको तीन खेलमा ३० ओभर बलिङ गरेका आयानले कुल १० मेडन राख्दै ७४ रन खर्चिए ।

शुक्रबारै भएको तेस्रो तथा निर्णायक खेलमा आयानले आठौं नम्बरमा ब्याटिङ गरी ५४ रनको अविजित अर्धशतकीय पारी खेले । उनले शृंखलाको तीन खेलमा क्रमसः २६. २ र ५४ गरी कुल ८२ रन बनाए । हालै अस्ट्रेलियामा सम्पन्न आईसीसी टी–२० विश्वकपकै कान्छा खेलाडी बनेका १७ वर्षीय आयानले नेपालमा आएर खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ४ : ५४ बजे