मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन–१ मा ११ बजेबाट मत गणना सुरु , २ मा सर्वदलीय बैठक जारी




५ मंसिर, काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर–१ को मतगणनाका सोमबार दिउँसो ११ बजेबाट सुरु हुने भएको छ । केहीबेर अघि सकिएको सर्वदलीय बैठकले सो क्षेत्रको मतगणना ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो । 

चितवन १ मा एमालेका सुरेन्द्र पाण्डे र कांग्रेसका विश्वनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् ।  यता निर्वाचन क्षेत्र नम्बर २ मा मत गणनाका लागि सर्वदलीय बैठक जारी रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेसहित उम्मेदवार रहेका छन् । चितवनको मत गणनामा ढिलाइ भएको भन्दै राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूले आक्रोश व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ४० बजे