मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ–१ को मतगणना १२ बजेदेखि



५ मंसिर , काठमान्डौँ । दाङ क्षेत्र नम्बर १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ । विहान बसेको सर्वदलीय बैठक भर्खरै सकिएकाले मध्यान्न १२ बजे मात्रै मत गणना सुरु गर्ने तयारी गरिएको हो ।

यस क्षेत्रको मत गणना लमही नगरपालिकाको भवन लमहीमा हुने भएको छ । 

यस क्षेत्रबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीबाट मेटमणि चौधरी, एमालेबाट शान्ता चौधरी उम्मेदवार छन् । मेटमणि संघीय सरकारका सहरी विकास मन्त्री समेत हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ५१ बजे