मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुस्ताङबाट योगेश विजयी, कांग्रेसले खोल्यो खाता




५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् ।

नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिए । मत परिणाम घोषणा हुन भने बाँकी छ । ०७४ मा तुलाचनले रोमीलाई हराएका थिए । अहिले योगेशसँग पराजित भएका छन् ।

नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ०२ बजे