मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेमकिपाको गढ भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाको सुरुवाती अग्रता




५ मंसिर, काठमाडौं । नेमकिपाको गढ मानिने भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित बुथको मतगणना हुँदा राप्रपाले अग्रता लिएको हो । 

१ हजार ३११ मत गणना हुँदा राप्रपाका भरत बहादुर खड्काले ३५९ मत पाएका छन् । दोश्रोमा एमालेका नवराज गेलालले ३५६ मत पाएका छन् ।

यसैगरी तेश्रोमा नेमकिपाका प्रेम सुवालले २९२ मत पाएका छन् भने चौथोका माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ४५ बजे