मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटाको बेलाहारामा शंकास्पद वस्तु फेला



५ मंसिर, काठमान्डौँ । धनकुटा नगरपालिका ९ बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ ।बेलाहारामा रहेका प्रहरी चौकी भन्दा झण्डै डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको डिस्पोजल टोली परिचालन भइसकेको जानकारी दिए ।

शंकास्पद वस्तु बम नै हो या तर्साउन राखिएको वस्तु मात्रै हो भन्ने यकिन नभएको उनले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ५२ बजे