मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा मतगणना सुरु



५ मंसिर, काठमान्डौँ । मकवानपुरमा पनि मतगणना सुरु भएको छ। क्रमशस् प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको प्रत्येक्ष र समानुपातिकतर्फको मतगणना सुरु गरिने  सहायक निर्वाचन अधिकृत तीर्थराज भट्टराईले जानकारी दिए ।

१० स्थानबाट मतगणना गरिने उनले बताए । बिहान बसेको सर्वदलीय बैठकबाट ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि प्रतिनिधिहरूको पास बनाउन समय लागेकोले एक घण्टा ढिला गरी मतगणना सुरु गरिएको उनको भनाइ छ ।

मकवानपुर(१ मा नेपाली कांग्रेसकी उम्मेद्वार महालक्ष्मी उपाध्याय डिना, नेकपा एमालेको समर्थनमा राप्रपा नेपालका कमल थापा र राप्रपाका दिपक सिंह प्रतिस्पर्धी छन् । यसैगरी मकवानपुर-२ मा एकीकृत समाजवादीका विरोध खतिवडा, नेकपा एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीबिच प्रतिस्पर्धा छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ५५ बजे