मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरी–२ः प्रदेशसभातर्फ पनि सीके राउतकै पार्टीको अग्रता




५ मंसिर, काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभाका दुवै सिटमा सीके राउत नेतृत्वको जनमत पार्टीले अग्रता दिएको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार प्रदेशसभा (क) मा जनमत पार्टीका उम्मेदवार सतिशकुमार सिंहको ७३१, लोसपा नेपाल र जसपा नेपालका उम्मेदवारले समान १५२ मत पाएका छन् ।

यस्तै, प्रदेशसभा (ख) मा जनमत पार्टीका महेशप्रसाद यादवले ५३७ मत पाएका छन् । दोस्रो स्थानमा माओवादी केन्द्रका उमेशकुमार यादवले ३०८ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ५८ बजे