मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेमा अझै सुरु भएन मतगणना



५ मंसिर , काठमान्डौँ । दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेमा मतगणना सुरु हुन सकेको छैन । दुर्गम ठाउँको मतपेटिका आइनपुगेकाले मतगणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

काभ्रे-२ को सबै मतपेटिका आइसके पनि काभ्रे-१ को डाँडापारी क्षेत्रको केही मतपेटिका आउन बाँकी छ ।

दिउँसो ३ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत मोहनप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १ : २२ बजे