मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ २ मा मतगणना सुरु



५ मंसिर, काठमान्डौँ । दाङ क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु भएको हो ।

सर्वादलीय बैठकले सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भनिए पनि दिउँसो १ बजेपछि मात्रै मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा, नेकपा एमालेबाट शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्जिनियर विशाल अधिकारी लगायत प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १ : ३१ बजे