मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं-४ मा अग्रता बढाउँदै गगन थापा



५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ । एमाले दोस्रो स्थानमा छ ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले ४१० मतले अग्रता बढाएका हुन् । थापाले १ हजार ३५७ मत पाउँदा नेकपा एमालेका राजन भट्टराईले ९४७ मत ल्‍याएका छन् ।

काठमाडौं ४ को मतगणना बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा जारी छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : २८ बजे