मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम क्षेत्र नं . २ को मतगणना सुरु



५ मंसिर , काठमान्डौँ । नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का । ५ मंसिर, इलाम । इलाममा मतगणना सुरु भएको छ । इलाम क्षेत्र नं. २ को इलाम सदरमुकामस्थित गौतम बुद्ध सभा गृहमा मतगणना सुरु भएको हो । क्षेत्र नं. २ को ‘ख’ बाट मतगणना थालिएको छ ।

जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देविचरण फुयालका अनुसार इलाम २ मा १ लाख ९ हजार ५३५ मतदाता रहेकोमा ५९ हजार १३६ मत खसेको थियो ।

इलाम क्षेत्र नं. २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासहित प्रतिनिधि सभाका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ०८ बजे