मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामेछापमा साँझ ५ बजेपछि मात्रै मतगणना हुने



५ मंसिर, काठमान्डौँ । आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सोमबार साझँदेखि गर्ने तयारी भएको छ ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहका अनुसार अहिले सर्बदलीय बैठक बस्ने तयारी भइरहेको बताए ।

बैठक सकिएपछि साँझ ५ बजेबाट मतगणना सुरु हुने उनले बताए । निर्वाचनमा खटिएका सबै कर्मचारीहरु केही दिनदेखि सुत्न नपाएको कारण उनिहरु थकित रहेको र केही समय आराम गराएर मतगणना सुरु गर्न लागिएको उनले जानकारी दिए । १ लाख ८० हजार मतदाता रहेको जिल्लामा आइतबार सम्पन्न निर्वाचनमा ८८ हजार ४ सय ९७ मत खसेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : १६ बजे