मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धेरैको चासोमा रहेको डडेल्धुरामा मतगणना सुरु




५ मंसिर, काठमाडौं ।  धेरैको चासोमा रहेको डडेल्धुरामा मत गणना सुरु भएको छ । जिल्ला अदालत डडेल्धुराबाट मत गणना थालिएको हो । 

सर्वदलीय बैठक बसेर दिउँसो २ बजेदेखि मत गणना गर्ने निर्णय गरेको थियो । दुर्गम ठाउँका मत पेटिका ढिलागरी सदरमुकाम पुगेकाले मत गणनामा ढिलाइ भएको थियो । २ बजेदेखि मतगणना गर्ने भनिए पनि भित्री मधेस क्षेत्रका मतपेटिका आउन ढिला भएपछि मतगणनामा ढिलाइ भएको हो । 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र भएकाले धेरैको चासोको विषय बनेको छ । देउवासँग भिड्नको लागि स्वतन्त्र उम्मेदवार सागर ढकाल उम्मेदवार बनेका छन् । देउवा र ढकालसँगै कांग्रेस वीपीका वरिष्ठ उपाध्यक्ष कर्ण बहादुर मल्ल, विक्रमबहादुर शाही लगायतका ८ जना उम्मेदवार छन् । डडेल्धुरामा ५६।६४ प्रतिशत मत खसेको थियो । ९१ हजार २०१ कुल मतदाता रहेकोमा ५१ हजार ६६० मत मात्रै खसेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : १७ बजे