मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाली-३ मा पनि नागरिक उन्मुक्ति पार्टीकै अग्रता



५ मंसिर,काठमान्डौँ । कैलाली क्षेत्र-३ को प्रारम्भि मतगणनामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्र दोस्रो स्थानमा छ भने एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ ।

१ हजार ८१० मत गणना सकिदा नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार गंगाराम चौधरीले ६०० मतसहित अग्रता लिएका छन् ।उनलाई माओवादी केन्द्रका उम्‍मेदवार कृष्णकुमार चौधरीले पछ्याइरहेका छन् । कृष्णकुमारले ४५० मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार बिरेन्द्र बहादुर बमले ४०७ मत ल्याएको छ ।

यस्तै नेकपा एममलेका उम्‍मेदवार गौरीशंकर चौधरीले २५० मत पाएका छन् । क्षेत्र नम्बर ३ को मतगणना घोडाघोडी बहुमुखी क्याम्पसमा भइरहको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : २७ बजे