मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं-८ (क) मा लौरोका शैलेन्द्रमान बज्राचार्य विजयी




६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) बाट हाम्रो नेपाली पार्टीले खाता खोलेको छ ।

यो क्षेत्रको सम्पन्न मत गणनाअनुसार हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य निर्वाचित भइसकेका छन् । यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । 

निर्वाचन अधिकृत दीपक धितालका अनुसार बज्राचार्यले ५ हजार ४६२ मत ल्याएका छन् भने नेकपा एमालेका राजेश शाक्यले ३७११ मतमात्र ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका राजुराज जोशी ३६७० मतसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५८ बजे