मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतगणना सुरु गर्न स्याङ्जामा सर्वदलीय बैठक बोलाइयो



६ मंसिर, काठमान्डौँ । स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्न १:३० बजे सर्वदलीय बैठक बोलाइएको छ । जिल्ला निर्वाचन कार्यलयका अनुसार स्याङ्जा-२ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू प्राप्त भई सुरक्षित भण्डारण गरिएको छ ।

मतगणनाका लागि मंगलबार दिउँसो १:३० बजे निर्वाचन अधिकृतको कार्यालय रहेको वालिङ नगरपालिकाको भवनमा सर्वदलीयरसर्वपक्षीय बैठक आयोजना गरिएको हो । यो क्षेत्रका केही मतदान केन्द्रमा धाँधली भएको भन्दै नेकपा एमालेले पुनस् मतदानको माग गरेको छ ।

तर कांग्रेस उम्मेदवार धनराज गुरुङले तत्काल मतगणना सुरु गर्नुपर्ने माग गर्दै धर्ना नै बसेपछि सर्वदलीय बैठक बोलाइएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ०५ बजे