मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही अगाडि




६ मंसिर, काठमाडौं । जुम्लाको एकमात्र प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा चार हजार ४४१ मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले दुई हजार ६०० मत प्राप्त गरेका छन।

यहाँ राति २ बजेसम्म भएको गणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको मत परिमाणममा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गोमा (कुँवर) ले एक हजार ५० मत पाएका छन।

त्यस्तै एमालेका रतननाथ योगीले चार सय ४७ मत प्राप्त गरेका छन। यहाँ नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ६५ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ०६ बजे