मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखा-१ को पनि मतगणना सुरु



६ मंसिर, काठमान्डौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना पनि सुरु भएको छ । मंगलबार बिहान दश बजे बसेको सर्वदलीय बैठक पश्चात मतगणना सुरु गरिएको हो ।

जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ । सोमबार साँझ मात्र सो क्षेत्रका सबै मतपेटिका संकलन भएको थियो ।

सडक सञ्जाल नजोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत ढुवानी गरिएको हो । गोरखा-१ मा कुल ५९ हजार ८९ मत खसेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ०९ बजे